एक कारोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एक कारोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन


१६ माघ २०७३, आइतबार


पर्सा । सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको ६ महिनामा एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७३-७४ को साउनदेखि पुससम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारीसाधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले चालु आवमा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताए । ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएकोे, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिए ।

चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ११ हजार आठ सय चार ट्रक, आठ सय बस, सात सय ३५ जिप÷कार÷भ्यान, एक हजार दुई सय ४६ ट्याक्टर, चार हजार सात सय ८८ मोटरसाइकल र एक हजार दुई सय ७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउने आठ सय ३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त सङ्ख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताए । मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा आठ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस