१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा प्रतिरोधी क्षेप्यास्त्रको सफल परीक्षण

अ+ अ-

भारत(एजेन्सी)। भारतले पूर्वी राज्य उडिसाको सामुद्रिक क्षेत्रबाट एउटा प्रतिरोधी क्षेप्यास्त्रको शनिबार सफल परीक्षण गरेको छ ।

यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत सन्देश लेख्दै भनेका छन्– “आज हाम्रा (भारतीय) वैज्ञानिकले प्रतिरोधक क्षेप्यास्त्रको निर्माण गरेका छन् । विश्वका चार–पाँच राष्ट्रले मात्र यस किसिमको क्षेप्यास्त्रको निर्माण गर्न सफल भएको अवस्थामा पाएको यो सफलताका लागि भारतीय वैज्ञानिक समूहलाई बधाई छ ।”

उडिसाको अब्दुल कलाम टापूबाट वे अफ बङ्गालमा गरिएको उक्त सफल परीक्षणपछि अब भारतले आफूमाथि आएको क्षेप्यास्त्रलाई आकासमै छेदन गरी निष्क्रिय पारिदिनेछ ।

प्रतिरोधी क्षेप्यास्त्रको निर्माण र सफल परीक्षण गर्न सफल भएकामा प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकको समूहलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको एक दिनपछि मात्र भारतद्वारा प्रतिरोधि क्षेप्यास्त्रको सफल परीक्षण भएको छ । पाकिस्तानले यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने भन्दै भारतीय प्रतिरक्षा प्रणाली विस्तारबारे चासो व्यक्त गरेको थियो ।

“भारतले छोटो दूरीमा हान्न सक्ने क्षेप्यास्त्रको एकपछि अर्को गर्दै परीक्षण गरिरहेको र यसले एसियाली मुलुकमा सुरक्षाका हिसाबले रणनीतिक सन्तुलनमा समस्या उत्पन्न हुनेछ,” पाकिस्तानले बिहीबार पत्रकारसँगको नियमित भेटमा बताएको थियो ।

पाकिस्तानको विदेश विभागका प्रवक्ता नफिज जकारियाले यसबारे विश्व समुदायको ध्यानाकर्षण गर्दै भारतीय यी कदमप्रति ख्याल गर्दै समग्र महादेशको सुरक्षा स्थितिप्रति संवेदनशील बनिदिन पनि उहाँले आग्रह गर्नुभएको भारतीय समाचार संस्था पिटिआईल जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस