८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

अ+ अ-

मोरङ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् ।

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेवी यादव बताउँछन् । पाँच-पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसकोे बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताइन् ।

सुरु सुरुमा च्याउ बिक्री नभएर एक सयमा प्रतिकेजी बेच्नुपरेको थियो, उनले भनीन्– विस्तारै विस्तारै च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो दुईसयमा बिक्री हुने गरेका छन् ।

गएको पुस महिनाबाट सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म दुई क्वीन्टल भन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताइन ।

सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें, अर्का कृषक नरमाया चौधरीले भनिन्– च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवकाअनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक दुई सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस