७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी प्रवद्र्धन बोर्डद्वारा पुँजी वृद्धिको अनुमति

अ+ अ-

काठमाडौँ । उद्योग मन्त्रालयले विभिन्न उद्योगको पुँजी वृद्धि गर्ने तथा उद्योग सञ्चालनको म्याद थप्ने सम्बन्धमा नीतिगत व्यवस्था गर्न कानुनी राय माग्ने निर्णय गरेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधवार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्ड बैठकले नयाँ औद्योगिक व्यवसाय ऐन आएपछि अनुमति लिइ सञ्चालनमा नआएका उद्योगको म्याद थप्ने विषयमा कानुनी राय लिने निर्णय गरेको हो ।

उद्योग विभागका अनुसार हाल अनुमति लिएर सञ्चालनमा नआएका एक हजार उद्योग रहेको अनुमान छ । नयाँ ऐनले उद्योग दर्ता भएको एक वर्षभित्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी बैठकले सोल्टी होटलको पुँजी वृद्धि स्वीकृति दिएको छ । जसअनुसार सोल्टी होटलमा थप एक अर्ब ७३ करोड ८६ लाख लगानी हुनेछ ।

अर्घाखाँची सिमेन्ट प्रालि नामक उद्योगमा पुँजी एकीकृत गर्न स्वीकृत दिएपछि तीन अर्ब पुँजी पुगेको छ । लाङ्टाङ भोटेकोसी हाइड्रोपावर कम्पनी प्रालिपुँजी तथा क्षमता वृद्धि गर्न स्वीकृति दिएको छ । जसअनुसार भोटेकोसीमा १७ अर्ब ४९ करोड पूँजी वृद्धि भएको छ भने ९७ मेगावाटबाट क्षमता वृद्धि भई १२० मेगावाट पुर्याइने भएको छ ।

उद्योग मन्त्री जोसीका प्रेस सल्लाहकार प्रदीप चापागाईंका अनुसार सर्वोत्तम सिमेन्ट प्रालिमा तीन अर्ब ९८ करोड थप लगानी गर्न अनुमति दिइएको छ भने सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिमा तीन अर्ब ४० करोड थप लगानी दिने निर्णय गरेको छ ।

बैठकले श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको तीन लाख २० हजार जगेडा सेयरमा मौरिससको लगानी गर्न स्वीकृत निर्णय गरेको छ ।

त्यसैगरी विदेशी लगानी ल्याउँदा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार हुनुपर्ने र उद्योगको प्रदूषणका बारेमा प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस