७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा होलीको शुभकामना व्यक्त

अ+ अ-

काठमाडौँ । शनिवार रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।  उनीहरुले छुट्टा छुट्टै बिज्ञप्ति जारि गर्दै  शुभकामना व्यक्त गरेका हुन् ।

बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याओस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताएकी छन् ।

मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उनको भनाइ छ ।

राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

सप्तरङ्गी जस्तै रङ्गिन नेपाली समाजलाई एकसूत्रमा जोड्न सकोस्ः उपराष्ट्रपति 

उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरुका पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पु¥याएको बताएका छन् ।

होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले सप्तरङ्गी जस्तै रङ्गिन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गरेका छन् ।

पहाड तथा तराई–मधेसमा भव्यताका साथ मनाइने यस पर्वले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीहरुलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सन्देश पनि दिएको उल्लेख गरेका छन् ।

उनले नेपालीमा रहेको अविश्वास हटाउँदै २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गगरेका छन् ।

होलीले समुदायवीच सद्भाव बढाउने र एकताबद्ध गर्न सघाउने छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताएका छन् ।

फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले एक शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका रुपमा रहेका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्बद्र्धन गर्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरुले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरे ।

विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरुलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उनले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताए ।

फागुपुर्णिमा ९होली पर्व० ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस