१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टस जितेर बलिङ गर्दै

अ+ अ-

काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेल सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटकपटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको छ र पारिलो घाम लागेको छ ।

ताजा स्थितिमा २० ओभरको खेल सकिँदा केन्याले ५५ रन बनाएको छ । नेपालले केन्याको दुई विकेट लिएको छ । केन्याका एए ओबान्डा र डिएम गोन्डारिया आउट भएका छन् ।

दुवै विकेट महबुब आलमले लिएका हुन् । उनले आज निकै कसिलो बलिङ गरेका छन् । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रन खर्चेर दुई विकेट लिएका छन् ।

यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चेका छन् । सागर पुनले पाँच ओभरमा १२ रन दिएका छन् । अहिले वसन्त रेग्मीले बलिङ गरिरहेका छन् ।

अहिले केन्याका इरफान करिम र कोलिन्स ओबुया मैदानमा छन् । करिमले २१ तथा ओबुयाले २६ रन बनाएका छन् ।

कप्तान पारस खड्काले आज पनि खेलेका छैनन् । नेपालले पहिलो खेलमा उतारेका खेलाडीलाई नै आज पनि मैदान उतारेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ । नौ खेलको समाप्तिसँगै नेपाल ६ अङ्कका साथ छैटौं स्थानमा छ भने समान खेलबाट केन्याको १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस