६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।

टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई मंगलबार सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकि छिन् । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस