७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापितः प्रधानमन्त्री

अ+ अ-

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् । ।

भक्तपुरको खरीपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बुधवार आयोजित सि.सं ५५ अधिकृत क्याडेट तालिम र सि.सं ४५ पदिक÷हुँद्दा क्याडेट तालिममा सहभागीलाई आयुक्त पद प्रदान कार्यक्रममा प्रधानमन्त्रीले राज्यको निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीको सेवक भई आफूलाई सुम्पिएको जिम्मेवारी उदाहरणीय रुपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताए ।

उनले भने, “राष्ट्र र राष्ट्रवासीका खातिर सगर्व समर्पित रहनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति स्थापना गर्ने कार्यमा अनुकरणीय योगदान दिँदै सेनाले नेपाल र नेपालीको पहिचान र साहसलाई विश्वसामु परिचित गराउन कुनै कसर बाँकी राखेको छैन ।”

आफ्नो पेसासँग मात्र आबद्ध नभई नेपाली जनता र मुलुकप्रति सदासर्वदा समर्पित र प्रतिबद्ध रहँदै राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा समेत अग्रस्थानमा रही इमान्दार र पेसेवर ढङ्गबाट उत्कृष्टता प्रदर्शन गर्न नेपाली सेना सक्षम रहेको उनले उल्लेख गरे ।

नेपाली सेनाको व्यावसायिक उत्कृष्टताको सञ्चार अब विदेशी सेनाको माझसमेत अनुकरणीय बनेको कुरा नेपालको शिक्षण संस्थानमा हालैका दिनमा भएका विदेशी शिक्षार्थी आदान–प्रदानबाट प्रस्ट भएको प्रधानमन्त्रीले बताए ।

उत्कृष्टलाई सम्मान
दुई वर्षे सो तालिममा उत्कृष्ट भएकालाई प्रधानमन्त्रीले कार्यक्रममा सम्मान गरेका थिए ।

सि.सं ५५ अधिकृत क्याडेट तालिममा पुरुषतर्फ नवलपरासी, दुम्कीबासका दीपेन्द्र बराल, महिलातर्फ मनमैजु, काठमाडौँका करिश्मा मानन्धर र अन्तर्राष्ट्रिय अधिकृत क्याडेटतर्फ बङ्गलादेशका एमडी मनिरुजमान सर्वोत्कृष्ट भए । त्यसैगरी सिसं ४५ का पदिक÷हुद्दा क्याडेट तालिममा काठमाडौँ, नागार्जुनका अमित लामा सर्वोत्कृष्ट भए ।
केन्या र बङ्गलादेशका शिक्षार्थी सहभागी भएको सो तालिममा सि.सं ५५ अधिकृत क्याडेटतर्फ १२ महिलासहित एक सय १३ जना र सि.सं ४५ पदिक÷हुद्दा क्याडेट तालिममा १८ जना नेपाली प्रशिक्षार्थी सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस