५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडा हस्तान्तरण गर्न चीनसँग प्रारम्भिक सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल र चीनबीच गैँडा हस्तान्तरण गर्ने विषयमा दुवै मुलुकका अधिकारीबीच प्रारम्भिक सम्झौता भएको छ ।

चीनको गोन्जावोमा आज आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराई र चीनका तर्फबाट वाइल्ड लाइफ फ्लोरा इम्पोर्ट एन्ड एक्सपोर्ट म्यानेजमेन्ट अफिसका कार्यकारी निर्देशक मेङ्ग सिआनलिनले हस्ताक्षर गरेका वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका तर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, वरिष्ठ पशु चिकित्सक कमलप्रसाद गैरे, त्रिभुवन विमानस्थलका भन्सार अधिकृत मानबहादुर पौडेल, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीका स्वकीय सचिव कमलहरि जिसी र सहायक वन अधिकृत विश्व शेरचन सहभागी थिए ।

यसअघि नेपाली प्रतिनिधिमण्डल र चीन सरकार वन मन्त्रालयका भाइस एडमिनिस्ट्रेटिभ छेन छेङ्गजुसँग भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुवै मुलुकको वन तथा वातावरण तथा आपसी हितलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालले चीन सरकारको आग्रह बमोजिम चीनलाई दुई जोडी गैँडा उपहारस्वरुप प्रदान गर्ने निर्णय गरिसकेको छ ।

गैँडा हस्तान्तरणका विषयमा नेपाल र चीन सरकारबीच भएको प्रारम्भिक चरणको सम्झौता अत्यन्त सकारात्मक भएको वन तथा भू–संरक्षण मन्त्री भण्डारीको भनाइ छ । छिट्टै मन्त्रिस्तरीय सम्झौता हुने मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस