११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

अ+ अ-

लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् ।

स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ । माग्नेले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गा दुधे बालकलाई लिएर बसेका देखाएर पैसा माग्ने र पैसा नदिएको खण्डमा पर्यटकको खुट्टा ढोग्नेजस्ता क्रियाकलाप गर्ने गरेको देख्न पाइन्छ ।

साथै केही पैसा जम्मा भएपछि ती माग्नेले मदिरा (रक्सी) पिएर फेरि त्यही तरिकाले माग्ने गरेको त्यहाँका माग्नेहरूको दिनचर्या बनेको छ । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनीमा दिनानुदिन माग्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।

यस विषयमा त्यहाँका सुरक्षा व्यवस्था हेर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षा गार्डको नजर पुगे पनि उनीहरू मौन छन् ।

हामीहरूले जति भने पनि लुम्बिनी विकास कोष यो विषयमा छलफल नै गर्न चाहँदैन । ड्युटीमा रहेका एक प्रहरी जवानले गुनासो गरे । यसबारे लुम्बिनी बिकास कोषका कर्मचारीसँग सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन् ।

दिनहुँ हजारौँ पर्यटक आउने लुम्बिनीमा माग्नेहरूको अड्डा बन्दै जाँदा लुम्बिनीको प्रतिष्ठामा मात्र आँच नआई सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने साथै विदेशी पर्यटकमा नेपालको बारेमा गलत सन्देश जाने हुँदा यस विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु जरूरी देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस