७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्योपचारमा सहुलियत दिन खेलाडीको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रले खेलाडीका लागि स्वास्थ्योपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शत्प्रतिशत निःशुल्क गर्नुपर्ने, रजत पदक विजेता र ओलम्पिक खेलमा सहभागीलाई ८० प्रतिशत निःशुल्क तथा सागमा कास्य पदक विजेतालाई ७० प्रतिशत, राष्ट्रिय खेलाडीलाई ५० प्रतिशतसम्म निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने माग कार्यदलले राखेको छ ।

नेपालमा सागमा स्वर्ण जित्ने १०२, एसियन खेलकुदमा स्वर्ण जित्ने आठ र सागमा रजत पदक जित्ने ओलम्पिकमा सहभागीसमेत गरी २३१ खेलाडी र दक्षिण एसियाली खेलकुद कास्य पदक विजेता ४४२ जना खेलाडीलाई ती सुविधा दिनुपर्ने कार्यदलको माग छ ।

विभिन्न खेलमा घाइते भएका खेलाडीको विशेष उपचार गर्न हालका अस्पतालमा सम्भव नभएकाले सरकारले खेलाडी र खेलकर्मीको उपचार गर्न छुट्टै अस्पताल आवश्यक भएकाले त्यसको पहल गरिदिन पनि कार्यदलले स्वास्थ्य मन्त्रीसमक्ष आग्रह गरेको छ ।

मन्त्री थापाले राष्ट्रका निम्ति खेल्ने खेलाडीको स्वास्थ्य सेवामा दिनुपर्ने सेवा सुविधाका बारेमा पटकपटक खेलकुद मन्त्रीसँग पनि वार्ता गरिरहेकाले यसलाई पूरा गर्न तत्काल कदम चालिने बताए ।

कार्यदलका संयोजक पौडेलले खेलाडीलाई खेलेर बाँच्न सक्ने आधार बनाउन माग सम्बोधन हुन सकेमा नयाँ खेलाडीको पनि आगमन हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष तथा कार्यदलका सदस्य दीपक विष्टले खेलका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई राज्यले औषधोपचारमा सहयोग नगर्दा खेलबाटै वञ्चित हुनुपर्ने वा खेलकुद छाडी अन्य पेसा रोज्नुपर्ने अवस्था आएको बताए । रासस

प्रतिक्रिया दिनुहोस