८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारीद्वारा गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण

अ+ अ-

राजकोट। भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन बुधवार भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरेकी छन् ।

गुजरातको राजकोटमा अपराह्न आइपुगेकी राष्ट्रपति भण्डारीलाई गुजरातका गृह, शिष्टाचार तथा संसदीय मामिला मन्त्री प्रदीप जडेजा लगायतका गुजरात सरकारका उच्च पदाधिकारीले राजकोट विमानस्थलमा स्वागत गरेका थिए ।

राजकोट विमानस्थलबाट सिधै राष्ट्रपति भण्डारी भारतीय वायुसेनाको हेलिकप्टरबाट भारतको प्रसिद्ध तीर्थस्थल सोमनाथ तथा द्वारिकाधाम पुगी त्यहाँ भ्रमण तथा पूजाआजा गरेकी थिइन् । सोमनाथलाई भगवान् शिवजीका १२ ज्योतिर्लिङ्गमध्ये पहिलो ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गरिन्छ । राष्ट्रपति सोमनाथ मन्दिर क्षेत्रमा पुग्दा स्थानीय तथा मन्दिर व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए ।

राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डललाई भारतीय वायुसेनाको हेलिकप्टरबाट सोमनाथ तथा द्वारिका भ्रमण गराइएको थियो ।

यसलगत्तै राष्ट्रपति सोही हेलिकप्टरबाटै द्वारिकानाथ धाम पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गरेकी थिइन् । साथै, राष्ट्रपति भण्डारीले चढाउनुभएको तथा पूजा गर्नुभएको ध्वजा मन्दिरमा फहराइएको थियो ।

सोमनाथ तथा द्वारिकाधाम भ्रमण सम्पन्न गरेर राष्ट्रपति भण्डारी बुधवार साँझ राजकोट फर्किएकी थिइन् । राष्ट्रपति भण्डारीको सम्मानमा बुधवार साँझ गुजरात राज्यका मुख्यमन्त्री विजयभाइ रुपनीले रात्रिभोजको आयोजना समेत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस