११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्य पर्यटकको आगमनमा वृद्धि

अ+ अ-

म्याग्दी । म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा करिब २५ हजार पर्यटकले मात्र म्याग्दीको भ्रमण गरेका थिए ।

कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकको आगमन भएको कार्यालयका प्रहरी निरीक्षक दामोदर घिमिरेले बताए । बेनी, घोडेपानी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले पर्यटकको तथ्याङ्क राख्ने गरेका छन् ।

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारको रुपमा चिनिएका म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि पर्यटक आउने गर्छन् ।

देशको अवस्था सहज भएको र बन्द हडताल नभएकाले यस वर्ष पर्यटक आगमन उत्साहजनक भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुनले बताए ।

“२०७१ को हुदहुद आँधी, २०७२ को सुरुमै गएको भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ” अध्यक्ष पुनले भने– “बन्द हडताल नहुने र राजनीतिक वातावरण सहज भएमा पर्यटक आगमन अझै बढ्छ ।” रासस

प्रतिक्रिया दिनुहोस