१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको उन्नयनका निम्ति विकासका साझेदार र राष्ट्रसङ्घ सहकार्य गरौँ’

अ+ अ-

काठमाडौँ । नेपालको सामाजिक–आर्थिक विकासका साथै लोकतन्त्रको सुदृढीकरणका लागि संयुक्त राष्ट्रसङ्घ, यसका विशिष्टीकृत निकाय र विकासका साझेदारबीच सहकार्य हुनुपर्नेमा संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ ।

राष्ट्रसङ्घ र उक्त विश्व संस्थाका विशिष्टीकृत निकायबाट नेपालको विकास प्रयासमा सघाउन सञ्चालित आयोजनाको स्थलगत निरीक्षण तथा भावी रणनीति निर्धारण गर्न नेपाल आएको ५० सदस्यीय राष्ट्रसङ्घीय उच्च प्रतिनिधिमण्डलले नेपालको समृद्धिका लागि त्यस्तो सहकार्यमा जोड दिएको हो ।

“भ्रमणबाट हामीले नेपालका आवश्यकता विश्लेषण गरेका छौँ र राष्ट्रसङ्घ र यसका विशिष्टीकृत निकायका चुनौतीबारे पनि अवगत भएको छ, जसले भावी योजना तर्जुमा र रणनीति निर्माणमा मद्दत गर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घका छवटा विशिष्टीकृत निकाय राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), जनसङ्ख्या कोष (युएनएफपिए), बालकोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी), महिला कोष (युएन विमेन) र परियोजना सेवा कार्यालय (युएनओपिएस) कार्यकारी बोर्डका अधिकारीले नेपालका चार विकास क्षेत्रको एकसाता लामो अध्ययन भ्रमणपछि सहयोगलाई अझ विस्तार गर्नुपर्ने विश्लेषण गरेको हो ।

न्युयोर्क, रोम र जेनेभाबाट आएका राष्ट्रसङ्घीय कार्यकारी बोर्डका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलका नेता तथा संयुक्त राष्ट्रसङ्घका लागि एन्टिगुवा र बार्बुडाका स्थायी प्रतिनिधि वाल्टन ए वेबसनले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा नेपालको लोकतन्त्र र विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट एकीकृत ढङ्गले सहयोग हुनुपर्ने बताए ।

यहाँस्थित संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ता भ्यालेरी जुलियान्डले उक्त प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा राजदूत वेबसनले नेपालका चारवटा विकास क्षेत्रको भ्रमणले यहाँको विकासका आवश्यकता र चुनौतीबारे जानकारी लिन सहज भएको बताए ।

उनले भने, “यो भ्रमणबाट हामीले नेपालका आवश्यकता विश्लेषण गरेका छौँ र राष्ट्रसङ्घ र यसका विशिष्टीकृत निकायका चुनौतीबारे पनि अवगत भएको छ, जसले भावी योजना तर्जुमा र रणनीति निर्माणमा मद्दत गर्नेछ ।”

लोकतन्त्रको सुदृढीकरणको ऐतिहासिक क्षणमा रहेको नेपालको भ्रमणबाट प्रतिनिधिण्डल सन्तुष्ट भएको बताउँदै उनले नेपाल सरकार, नेपालको विकासका साझेदार र राष्ट्रसङ्घबीचको सहयोग, सद्भाव र सहकार्य अझ प्रगाढ भएको विश्लेषण सुनाए ।

प्रतिक्रिया दिनुहोस