१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

अ+ अ-

लमजुङ । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो ।

मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा करिब ७० लाख बराबरको लगानीमा उक्त मेसिन खरिद गरी सञ्चालनमा ल्याएको अस्पतालका प्रशासक युवराज देवकोटाले बताए ।

डिआर डिजिटल एक्स–रे मेसिनबाट हाडजोर्नी समस्या भएका बिरामीको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेकोबारे थाहा पाउन सकिने अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश साहुले बताए ।

डिआर एक्स–रे मेसिनबाट अन्य एक्स–रे मेसिनको तुलनामा छ गुना कम हानिकारक किरण उत्पन्न हुने बताइएको छ । यो मेसिनबाट लिइएको एक्स–रे कम्प्युटरको माध्यमबाट जुम गरी स्पष्ट रुपमा समस्या पहिचान गर्न सकिने अस्पतालका सूचना अधिकृत शान्तिराम राईले बताए ।

वाइफाई प्रविधिद्वारा एक्स–रे गर्न सकिने भएकाले समयको बचतसँगै काममा सहजता हुने उनले बताए ।

डिआर एक्स–रे मेसिन सञ्चालनमा ल्याउने सामुदायिक अस्पताल जिल्लाको पहिलो अस्पताल हो भने नेपालको चौथो अस्पताल हो ।

उक्त मेसिन नेपाल सरकारले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । रासस

प्रतिक्रिया दिनुहोस