१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक व्यापार मेलामा वायु ऊर्जाको आकर्षण

अ+ अ-

काठमाडौँ । भृकृटीमण्डपमा जारी १३ आँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा सबैको आकर्षणको केन्द्र ‘वायु ऊर्जा’ बन्ने गरेको छ । हावाबाट बिजुली निकाल्ने प्रविधि हेर्नका लागि दैनिकजसो सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

एभरेस्ट बिल्ड इनर्जी प्रालिले नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर दक्षिण अफ्रिकामा बनेका यन्त्र नेपालमा ल्याएर पहिलो प्रदर्शन गरेको हो । प्रालिले धेरै अध्ययनअनुसन्धानबाट नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर डिलर राखी बिक्री वितरण गर्न थालेको प्रालिका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले जानकारी दिए ।

वायु ऊर्जाले ती हजार पाँच सय वाट बिजुली उत्पादन गर्न सक्ने र त्यसबाट पाँच घरपरिवारलाई बिजुली प्रशस्त पुग्ने छ । हावा चल्ने अग्लो ठाउँमा उक्त यन्त्र राखिने र तीन पङ्खा घुमेपछि त्यहाँभित्र रहेको जेनेटर पनि घुमेपछि विद्युत् उत्त्पादन हुन्छ । यसरी उत्पादन भएको विद्युत् तारमार्फत घर घरमा वितरण गर्न सकिन्छ ।

कार्यकारी अध्यक्ष पोखरेलले यसको अध्ययन गरेर नै वायु ऊर्जा नेपाल भित्र्याइएको जानकारी दिए । अहिले प्रदर्शनीका लागि मात्र राखिएको उक्त प्रविधि पछि बिक्री वितरण गरिने छ ।

इन्जिनियर अरजित दासले नेपालमा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै यन्त्रबाट नेपालका ग्रामीण भेगबाट विद्युत् उत्पादन गर्न सकिने बताए । उनले मुस्ताङ, मनाङ जस्ता ठाउँमा आफूले अध्ययनअनुसन्धान गर्दा एक हजार मेगावाट विद्युत् यही यन्त्रबाट निकाल्न सकेको जानकारी दिए ।

कार्यकारी अध्यक्ष पोखरेलले आफूहरुको अनुसन्धानबाट ३० हजार मेगावाटको बिजुली वायु उर्जाबाट निकाल्न सकिने बताए । यसको नेपाली मूल्य १२ लाख रुपैयाँ पर्छ । भारतमा ३५ हजार र चीनमा एक लाख ५० हजार मेगावाट विजुली हावाबाट निकालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस