काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिने जनाएको छ ।
सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।