८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा काँग्रेसको ‘वान बुथ ट्वान्टी युथ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन परिचालन अभियानलाई तीव्रता दिएको छ ।

नेविसङ्घले आफ्नो स्थापनाको ४८ औँ वर्षगाँठका सन्दर्भमा गत वैशाख ६ गते देशका ७४४ वटै स्थानीय तहमा एकैपटक प्रचारात्मक अभियान सम्पन्न गरी सोही कार्यक्रमलाई निर्वाचन परिचालन विशेष प्रशिक्षण अभियानका रुपमा अघि बढाएको थियो ।

त्यसैको निरन्तरता स्वरुप लोकतन्त्र दिवसका अवसरमा नेविसङ्घले मंगलवार काठमाडौँमा दोस्रो चरणको ‘निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष कार्यक्रम’को आयोजना गरेको हो ।

‘गाउँ आऔँ–नगर जाऔँ, जनता जगाऔँ–काँग्रेस जिताऔँ’ भन्ने मूल नाराका साथ आयोजित प्रशिक्षणमा बोल्ने काँग्रेसका अधिकाँश युवा नेताले लोकतन्त्र र समग्र राजनीतिक परिवर्तनको नेतृत्वकर्ता दल काँग्रेसलाई आगामी निर्वाचनमा बहुमतका साथ विजयी गराउन काँग्रेस एकताबद्ध ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।

काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको र यसको कार्यान्वयनका लागि पनि अहिले काँग्रेसमाथि गहन जिम्मेवारी आइपुगेको उल्लेख गर्दै उनीहरुले त्यसका लागि नेतृत्व तहदेखि तल्लो वर्गसम्म काँग्रेस सक्रिय रुपमा जाग्नुपर्ने खाँचो औँल्याए ।

सो अवसरमा नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले लोकतन्त्रको स्थापनासँगै विभिन्न परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसको नेतृत्व मुलुकलाई आवश्यक परेको उल्लेख गर्दै अबको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई एकजुट गराएर जानुको विकल्प छैन भने ।

उनले आउँदो स्थानीय तहको निर्वाचनमा तरुण युवालाई सशक्त ढङ्गले परिचालन गर्नेगरी ‘वान बुथ २० युथ’ को अभियान चलाउने घोषणा गरे ।

सांसद एवम् नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्णले मधेसको मुद्दालाई सम्बोधन गरी सहमतिमा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै निर्वाचनमा काँग्रेसले मधेसको साथ पाउने दाबी गरे ।

नेविसङ्घका पूर्वमहामन्त्री प्रतिमा गौतम, नेविसङ्घका उपाध्यक्ष नवीन राई, डिल्लीराम सुवेदी, पुष्कर शाहीलगायतले लोकतन्त्रलाई संस्थागत गरी मुलुकलाई समृद्धितर्फ अघि बढाउन काँग्रेसको नेतृत्व अपरिहार्य भएको धारणा राखे ।

मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनका लागि युवा परिचालन अभियान सुरु गरिएको नेविसङ्घका अध्यक्ष नयनसिंह महरले जानकारी दिए ।

नेविसङ्घका जिल्लादेखि केन्द्रका जिम्मेवार पदाधिकारी तथा प्रतिनिधि सहभागी प्रशिक्षणमा काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई कसरी सक्रिय ढङ्गले परिचालन गरी नेतृत्वदायी भूमिकामा ल्याउने भन्नेबारे प्रशिक्षण दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस