७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर बालबालिका विद्यालय जाँदैनन्

अ+ अ-

मोरङ । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् ।

गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् ।

मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्षकी पुतिन । तर उनले विद्यालय देखेकी छैनन् । उनी भन्छिन्, “बुबा आमा पञ्जाब गएका छन् । पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छु ।” हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जान नपाएको उनले सुनाइन ।

अर्की देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना भएकी छिन् । तर, फुर्सदमा मात्र स्कुल जान पाउछिन् । बुबाआमा नै पञ्जाब गएपछि उनको पनि बुढी भएकी हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ ।

अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लगेका छन् । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले भनीन्, छोरी जति हामी घरमा छौँ । कञ्चनकी दिदी राधिकाले भनीन्, “हजुरआमा बुढी र बिरामी छिन्, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो । कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न । ”

उनले बाबुको ब्यबहारप्रति दुःख प्रकट गरिन् । बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ ।

बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना झनै शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।

माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गरेका छन् । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भने, “आफ्नो माटो छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै प¥यो ।” रासस

प्रतिक्रिया दिनुहोस