९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि…………

अ+ अ-

मोरङ । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन् ।

विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उनका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उनी भन्छिन, “श्रीमान्को मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।”

उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्याले ग्रसित छिन् । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित भइन् । श्रीमान्को मृत्युपछि आफन्तले दुःख दिन थाले । आफनो घर ठेगाना बताउन नचाहने उनी कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको बताउछिन् ।

श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बिते । श्रीमान् बितेपछि उनी बेसहारा बनिन् । उनले आफन्तलाई सहयोग पनि गरिन् । तर आफूलाई पर्दा साथ दिने कोही नभएकामा उनी साह्रै दुःखी छिन् ।

वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा ।

सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त देखिन्छन् । उनी जन्मँदै यस्तै थिइन् । भकुमारी कान सुन्दिनन्, बोल्न भने सक्छिन् । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै थिइन् । अहिले पनि उनको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०÷५५ जतिको हो ।

उनका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ । शारीरिक अवस्था यस्तो भए पनि उनीजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउछिन् । आश्रमवरपर सफासुग्घर गर्छिन् ।

“उनलाई यस्तो अवस्थामा उनकै आफन्तले ल्याइदिए,” आश्रमका अध्यक्ष जगत अज्र्याल भन्छन्, “काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ ।”

वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।

यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन् । उहाँहरूका पनि आ–आफ्नै कथाव्यथा छन् ।

प्रतिक्रिया दिनुहोस