१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौला रोगीको उपचारका लागि २० लाख सहयोग

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् ।

चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको कोरियामा आर्थिक सङ्कलन अभियानको संयोजन गरेका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)का सहकोषाध्यक्ष ओमनारायण जुक्जालीले जानकारी दिए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनलाई केही दिनअघि आमाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सङ्कलित रकम पुनका आफन्तलाई हस्तान्तरण गरिएको जुक्जालीले बताइन ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि बेलायत, दक्षिण कोरिया, हङकङ, बेल्जियम, पोर्चुगल, साउदी अरब, कतार, जापानलगायत विश्वका विभिन्न देश तथा बेनी, काठमाडौँ, पोखरा र गाउँमै रहेका बिमका बासिन्दाले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस