११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

अ+ अ-

पर्वत । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन् ।

“यतिवेला मौसम सफा छ,” पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भने, “त्यही भएर बिहानदेखि बेलुकासम्मै हिमाल हेर्नेको भीड लाग्ने गरेको छ ।” जाडो मौसम सकिएलगत्तै घुम्न आउने पर्यटकको सङ्ख्या बढेर गएको स्थानीयवासीले जानकारी दिएका छन् । गुरुङका अनुसार भ्यू टावरमा दूरबिनसमेत राखिएकाले आगन्तुकले दूरबिनमार्फत हिमाल हेरी आनन्द लिने गरेका छन् ।

वरिपरिको तुवाँलो हटेकाले धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका जिल्ला सदरमुकामसमेत एकसाथ देखिने गरेको छ । यहाँबाट माछापुछ्रे्र, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ देखिने भएकाले हिमाल हेर्न आउनेको भीड लागेको हो । दैनिक एकसयदेखि चारसयसम्म पर्यटक घुम्न आउने गरेको पञ्चासे क्षेत्र विकास समितिले जनाएको छ । आन्तरिकसँगै बाह्य पर्यटक परिवारका साथ घुम्न आउने गरेका छन् ।

माछापुछ्रे्र, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ देखिने भएकाले हिमाल हेर्न आउनेको भीड लागेको हो ।

केही बिहान आएर बेलुका फर्कने र केही भने पञ्चासेमै पाल टाँगी बस्ने गरेका छन् । घुम्न आउनेमा युवायुवतीको सङ्ख्या बढी छ । “दुई वर्षअघि आउंँदा यसरी पञ्चासेको सौन्दर्यमा रम्न पाइएको थिएन,” पोखराबाट साथीसँग पञ्चासे आएका प्रवीण गुरुङले भने, “यो पटक त वास्तविक पञ्चासेको सौन्दर्यमा रम्न पाइयो ।” उनले फोटो पनि धेरै खिच्न पाएको बताए ।

पञ्चासेबाट आसपासको दृश्य सहजरुपमा हेर्न मिल्ने गरी तुवाँलो हटेपछि शैक्षिक भ्रमणमा आउनेको सङ्ख्यासमेत बढेको छ । पर्वत, स्याङ्जा, पोखरा, चितवन, काठमाडौँलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक आउने गरेका छन् । दुईहजार पाँचसय १७ मिटरको उचाइमा रहेको पञ्चासेमा पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा घुम्न आउनेको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ । बासस्थानका लागि आगन्तुकलाई समस्या भएकाले सामुदायिक भवन बनाएर बस्ने व्यवस्था मिलाइएको पञ्चासे क्षेत्र विकास समितिले जानकारी दिए अधिकांश पर्यटक कास्कीको भदौरे तामागी, पर्वतको चित्रे, आर्थर र स्याङ्जा हुँदै पञ्चासेसम्म पुग्ने गर्छन् । यातायातका साधन नपुग्दा पर्यटक पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरी पर्याप्तरुपमा होटल सञ्चालनमा ल्याउने हो भने अवश्य पनि पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले स्थानीयवासी सक्रिय बन्न थालेका छन् । साँझमा चित्रे र आर्थरमा रहेका होमस्टेमा बास बस्न जाने र बिहानै उठेर पञ्चासेमा सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्न जानेको सङ्ख्या उल्लेख्य हुने गरेको चित्रे होमस्टे सञ्चालक समितिका अध्यक्ष सुशीलादेवी गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस