११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि

अ+ अ-

झापा । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ ।

गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घटदै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए ।

सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार दुई सय पाँचजना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी दुई हजार चारसय बङ्गाली, ७३१ अमेरिकी र विभिन्न मुलुकका दुई हजार ८७४ पर्यटक थिए ।

तुलनात्मक रुपमा हेर्ने हो भने गत वर्षभन्दा यसवर्ष यो नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने देखिन्छ ।

त्यस्तै, पर्यटन कार्यालयमा हालसम्म २० वटा होमस्टे दर्ता भएकामा इलाममा १०, झापामा एक, मोरङमा एक, सुनसरीमा तीन, धनकुटामा एक र सङ्खुवासभामा चारवटा होमस्टे रहेको कार्यालयको तथ्यङ्कमा उल्लेख छ ।

यसैगरी ७४ वटा ट्राभल्स एजेन्सी र २३ वटा होटल दर्ता रहेको कार्यालयका अभयकुमार गुप्ताले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस