१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि आपूर्ति रोके कारबाही गर्ने संघको चेतावनी

अ+ अ-

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीहरुले औषधि आपूर्ति रोक्ने चलखेल भएको आरोप लगाएको छ ।

केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधि आयातकर्ता संघले औषधि आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो । वि.सं. २०३० सालमा स्थापना भएको नेपाल औषधि व्यवसायी संघ देशभरका व्यवसायीहरुको छाता संगठन हो ।

जीवन मरणस“ग प्रत्यक्ष सरोकार राख्ने औषधि जस्तो अति संवेदनशील एवं अत्यावश्यकीय वस्तुको आयात नै ठप्प बनाउने चेतावनी मानवीय मूल्य मान्यताविपरीत रहेको संघको भनाइ छ । ‘यसरी आम उपभोक्ताहरुको स्वास्थ्यस“ग सम्बन्धित अत्यावश्कीय वस्तु औषधिमा नेपाल औषधि व्यवसायी संघको नीति विपरीत भ्रमपूर्ण समाचारहरु आउनुलाई नेपाल औषधि व्यवसायी संघले गैर जिम्मेवारीपूर्ण कार्यको रुपमा लिएको छ,’ संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

संघको निजी पहलमा भूकम्प र नाकाबन्दीमा पनि औषधि अभाव भएको थिएन ।

संघको विधानको मर्म र भावना विपरीत कार्य गरेका केही असन्तुष्ट समूहले आफ्नो निहीत स्वार्थको लागि मनोमानी ढंगले औषधिको सरल आपूर्तिलाई असर पर्ने गरी प्रचारबाजी गरेको भन्दै ती व्यवसायीलाई कारबाही गर्ने विज्ञप्तीमा उल्लेख छ । ‘साथै आयातित सम्पूर्ण औषधिहरु पूर्ववत व्यवस्था अनुसार नै आयात हुने र सहज रुपमा बिक्री वितरण गरिरहने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस