७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

अ+ अ-

चितवन । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए । ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए । यता प्रहरीले भने सो पार्टीले अपहरण गरे÷नगरेको पुष्टि भइनसकेको जनाएको छ । प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताए ।

यता गएराति माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा (एमाले)का वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि आज छाडिने बताए ।

जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस