९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतगणना छिटो गर्न आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

मतगणनामा ढिलाइ भएको जनगुनासो आएपछि त्यसलाई सम्बोधन गरी शीघ्र मतगणना सम्पन्न गर्न सम्पूर्ण स्थानीय तहका निर्वाचन अधिकृतलाई आजै निर्देशन दिइएको आयोगका सचिव गोपिनाथ मैनालीले जानकारी दिए ।

सोमबारको तुलनामा मङ्गलबारदेखि मतगणनाको गति बढेको जानकारी दिँदै उनले भने, “ढिलाइ भएका तहमा सुरुमा एकै स्थानमा गणना भएकोमा आजदेखि तीन/चार स्थानबाट गणना हुन थालेको छ ।” आयोगले महानगरपलिकाको मतगणना यही साताभित्र सम्पन्न हुने गरी काम अघि बढाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको निर्देशनपछि मंगलबारदेखि महानगरपालिकाहरुमा दुई/तीन वडाका मतपत्र एकैसाथ गणना हुन थालेको छ ।

मतगणनामा भएको ढिलाइका कारण २८१ स्थनीय तहमा आइतबार भएको निर्वाचनमध्ये हालसम्म १० स्थानीय तहको निर्वाचन मत परिणाम मात्र प्राप्त भएको छ । प्राप्त परिणामअनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम प्राप्त भएको हो ।

मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस