१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

अ+ अ-

रुपन्देही । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ वर्षीय गिरीसरा पुनको औषधि अभावमा उपचारमा समस्या भएको अस्पताल प्रवक्ता लक्ष्मीराज रेग्मीले बताए ।

अस्पतालका अनुसार पुन जेठ १ गतेदेखि अञ्चल अस्पतालको बेड नम्बर १३५ मा रहेकी छन् । कालाजारको औषधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी अञ्चल अस्पतालमा नपाउँदा बिरामीलाई उपचारमा ढिलाइ भएको हो ।

उक्त औषधि बजारमा किन्न नपाइने हुनाले महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीलाई रहेको छ । लुम्बिनी अञ्चल अस्पतालमा वैशाख २९ गते पाल्पाका ताराबहादुर पचभैयालाई कालाजारको उपचार गर्दागर्दै औषधि सकिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस