९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तरी वटा विद्यालयमा पुस्तकालय बन्ने

अ+ अ-

इलाम । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् ।

पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ ।

कतिपय विद्यालयले पुस्तकालय स्थापनाका लागि पूर्वाधार तयार गरिसकेका छन् भने केहीले पूर्वाधार निर्माणको काम अघि बढाइसकेको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताए ।

जिशिअ गौतमका अनुसार ७० विद्यालयमध्ये ४० वटा विद्यालयमा छ लाख ५० हजारका दरले पुस्तकालय निर्माणका लागि र ३० वटा विद्यालयमा पुस्तकालय तथा ल्याब सामग्री खरिदका लागि एक लाख ५० हजारका दरले रकम दिइनेछ ।

रोङ गाउँपालिकाको कोल्बुङस्थित शान्ति निकेतन मावि र सूर्योदय नगरपालिकाको लक्ष्मीपुरस्थित ज्योति माविमा निर्माणाधीन पुस्तकालय नमुना रहेको भन्दै ती विद्यालयको सिको गर्न अन्य विद्यालयलाई जिशिअ गौतमले आग्रहसमेत गरेका छन् ।

पुस्तकालय निर्माण गर्न शिक्षा कार्यालयसँग भएको सम्झौताअनुसारको मापदण्ड पूरा नगर्ने विद्यालयको थप रकम निकासा नहुने र निकासा भएको रकमसमेत तेस्रो चौमासिक निकासाबाट कट्टा हुने पनि जिशिअ गौतमले बताए । रासस

प्रतिक्रिया दिनुहोस