१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँबाट नै हराए ढिकी, जाँतो र घट्ट

अ+ अ-

म्याग्दी । आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ ।

परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिँदै गएकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर म्याग्दीका ग्रामीण क्षेत्रमा विस्थापित बनिसकेको छ ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् ।

करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि म्याग्दीमा यी घरेलु मेसिन विस्थापनमा परेका सामाजिक विषयका अध्येता वातावरणविद् चन्द्रमणि सापकोटाले बताए ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याति कमाएको म्याग्दीका लोकबाजाहरु खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउछन् ।

यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हुँदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका सांस्कृतिक कलाकारहरू बताउँछन् ।

घरेलु मेसिनलगायतका परम्परागत साधन पनि लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेको म्याग्दीका संस्कृतिविद् प्रकाश श्रेष्ठले बताए ।

“म्याग्दीका घरेलु मेसिनहरू हराइसके’, श्रेष्ठले भने– “हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।”

स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।

“घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो”, स्थानीय संस्कृतिका विषयमा जानकार पुराना लोकगायक कृष्ण पौडेलले भने– “घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।”

“घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन”, पौडेलले भने– “बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।”

दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नैखाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । “घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ” बेनीबजारका अबिरकुमार श्रेष्ठ भन्छन्– “घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवम् खर्चिलो छ ।” लोप हुँदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढवा दिइनुपर्ने कुरामा श्रेष्ठको जोड रहेको छ ।

प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको तर्क छ ।

यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला र ? संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङ्ग्रहालय स्थापनाका लागि पो सोच्ने कि रु सरोकारवालाहरुको ध्यान जान आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस