१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ नम्बर प्रदेशबाट औषधि बिक्री वितरण सुरु

अ+ अ-

धनगढी । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं. प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा. रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं. प्रदेशबाट सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको सुवेदीले बताए ।

कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य १० रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो ।

उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताए ।

लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ ।

वि.सं. २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस