१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शताब्दी वाङ्मय पुरुष जोशीको- ‘नेपाली कलाको रुपरेखा’ बजारमा

अ+ अ-

काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले लेखेको ‘नेपाली कलाको रुपरेखा’ (प्राचीन र मध्यकालीन) नामक कृति आजदेखि बजारमा आएको छ ।

चित्रसहितको सो कृतिमा प्रस्तर मूर्तिकला माटाका मूर्ति, हाड र हस्तिहाडका मूर्ति, काठका मूर्ति, धातुका मूर्ति, चित्रकला, धातु मूर्ति निर्माण विधि, ध्यानी बुद्धका लक्षण, ध्यानी बुद्धका पञ्चस्कन्ध र पञ्चज्ञान, उदाहरणीय मूर्ति र चित्रलगायत विषयमा अनुसन्धान गरी लेखिएको छ । लेखकले करिब पाँच दशक पहिले सङ्कलन गरेका सामग्रीलाई अहिले समाजसेवी रामलाल श्रेष्ठको सहयोगमा प्रकाशन गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो कृतिको विमोचन गर्दै कृति कलासम्बन्धी पुस्तकमा आधिकारिक भएको बताए । नेपालका प्राचीन कला, संस्कृतिका विशेषताले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले हराउँदै गएको प्रस्तरकलाको महत्व बढाउनका लागि कृति उपयोगी हुने विश्वास व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले जोशी जीवित मानव सभ्यताको प्रतीक भएको बताउँदै उनका प्रकाशित हुन बाँकी कृति छाप्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार कनकमणि दिक्षीतले जोशी काठमाडौँ उपत्यका, नेपाल र दक्षिण एसियाका जुहारत भएको विचार व्यक्त गर्दै उनको विविध संस्कृतिप्रति अनुभवलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिए । प्रा. अभि सुवेदी, प्रा. डा. मुकुन्द अर्याल, कला समीक्षक मदन चित्रकार, मूर्तिकार ठाकुरप्रसाद मैनाली, नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमाल, समालोचक महेश पौडेल, चित्रकार शान्तकुमार राईलगायतले ललितकलाभित्रका सबै विधा समेटिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विचार व्यक्त गरे ।

लेखक जोशीले स्वदेशी कलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउनुपर्नेमा जोड दिए । लेखक जोशीका ‘हाम्रो लोक संस्कृति’ वि.सं. २०१४, ‘नेपाली राष्ट्रिय मुद्रा’ वि.सं. २०१८ र ‘कर्णाली लोक संस्कृति’ वि.सं. २०२८ मा प्रकाशित पुस्तकले मदन पुरस्कार पाप्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस