१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिएन्डसी अस्पतालमा ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा

अ+ अ-

झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले ‘ग्यास्ट्रो इन्टेरोलोजी’ सेवा सुरु गरेको छ ।

विभिन्न आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको अस्पतालले ग्यास्ट्रो इन्टेरोलोजी सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

अस्पतालमा यसै साता ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा. हरि घिमिरे आएसँगै उक्त सेवा सुरु भएको गिरीले बताए । पूर्वमै पहिलो पटक यो सेवा सुरु गरेको भन्दै डा. घिमिरेले रक्सी धेरै सेवनका कारण कलेजोसम्बन्धी समस्या हुने र उक्त समस्याले गर्दा बिरामीको सङ्ख्यामा वृद्धि हुने गरेको बताए ।

खानाको नली, ठूलो आन्द्रा, सानो आन्द्रा सबैखाले हेपाटाइटिस, कलेजोसम्बन्धी समस्या, ग्यास्ट्रिक बढेको, छाती तथा मुटु पोल्ने समस्या, मुखमा पानी आउने, अमिलो–पिरो हुने, खाँदा कुनै कुरा अड्किएको, पेट फुल्ने, कालो दिसा जानु, नियमित दिसा नहुनुजस्ता समस्याको डा घिमिरेले उपचार गर्ने बताइएको छ ।

नेपालमा ‘लिभर सिरोसिस’ को समस्या दिनानुदिन बढ्दै गएको पनि डा. घिमिरेले बताए । रासस

प्रतिक्रिया दिनुहोस