७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची नगरपालिकामा एम्बुलेन्स नहुँदा समस्या

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ ।

नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पुर्याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एउटा एम्बुलेन्ससमेत पटक पटक बिग्रने समस्याले प्रयोगविहीन भएको छ भने एउटा एम्बुलेन्स मात्र हुँदा समस्या भएको चिकित्सक रामशरण श्रेष्ठले बताए ।

भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुँदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासी दीपेन्द्र कार्कीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रको एक मात्र एम्बुलेन्स र त्यो पनि ठीक अवस्थामा नभएकाले दुर्घटना हुँदा घाइतेको ज्यानै जानसक्ने ठूलो समस्या देखिएको छ ।

एम्बुलेन्स अभावमा नगरवासीले बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन कुनै सवारीसाधन नभएको गुनासो गरेका छन् । कुनै सवारीसाधन फेला परिहाले पनि पीडितले चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ ।

एम्बुलेन्स अभावमा गत फागुन २७ गते मेलम्ची नगरपालिका–१३ फटकशिलामा बा ४ ख ६९०६ नं.को ट्रक दुर्घटना हुँदा उदयपुर स्थायी घर भएका ४४ वर्षीय रामबहादुर बस्नेतले उपचारमा ढिलोे हुँदा प्राण नै त्याग्नु पर्यो । एम्बुलेन्स अभावका कारण बस्नेतलाई सार्वजनिक सवारीसाधन कुरेर काठमाडौँमा लगिएको थियो ।

उनको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको होे । सोमबार मात्र मेलम्ची नगरपालिका क्यौरानीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजना घाइते भएका थिए । एम्बुलेन्स नभएकै कारण उपचारका लागि निकै समस्या भएका घाइतेलाई तत्काल इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख नवराज ढुङ्गानाको टोलीले प्रहरी भ्यान प्रयोग गरेर अस्पतालसम्म पुर्याए ।

यसरी एम्बुलेन्सको अभावमा नगरवासी सबैले आफू सुरक्षित रहेको महसुस गर्न सकेका छैनन् । मेलम्ची नगरपालिकाले पनि एम्बुलेन्स सेवाको विषयमा कुनै निर्णय गर्न सकेको छैन । नगरपालिका कार्यालयले एम्बुलेन्सका लागि केही प्रभावकारी कदम अगाडि बढाउनुपर्ने जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

यति मात्र होेइन दुर्घटनामा मृत्यु भएकाको शव ल्याउनसमेत निकै समस्या रहेको छ । मेलम्ची क्षेत्रमा आत्महत्या गर्ने तथा दुर्घटनामा मर्नेको शवपरीक्षणका लागि अस्पतालसम्म पु¥याउन निकै समस्या रहेको छ ।

भौगोलिक विकटताका कारण निकै टाढाबाट ल्याउनुपर्ने शव सार्वजनिक सवारीसाधनले नबोक्ने र शववाहनको अभावमा शवलाई अस्पतालसम्म लैजानका लागि निकै समय लाग्ने र स्थानीयवासीले समेत निकै कष्ट भोग्नु परेको मेलम्चीका स्थानीय पत्रकार देवराज सुवेदीले बताए । शव लैजानका लागि शववाहन नहुँदा धेरै पटक प्रहरीको गाडीमा नै ल्याउनुपर्ने अवस्था रहेको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गाना भन्छन्, “भौगोलिक विकटता रहेको मेलम्ची नगरपालिकासहितको मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहन नहुँदा निकै समस्या भएको छ । दुर्घटना हुँदा तत्काल अस्पतालसम्म लैजानका लागि एम्बुलेन्ससमेत नहुनु निकै दुर्भाग्यपूर्ण रहेको र यसले ठूलो समस्या खेप्नु परेको उनको भनाई छ ।

ढुङ्गानाले भने, “एकैपटक दुई ठाउँमा घटना घट्दा प्रहरीको भ्यानमा उपचारका लागि अस्पताल लैजादै गरेको घाइतेलाई अस्पतालसम्म नपुर्याई अर्को घटनास्थलसम्म पुग्न सक्ने अवस्था छैन ।”

यसरी एम्बुलेन्सको अभावमा कतिपयले अकालमा प्राण त्याग्नु परेकाले तत्काल मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहनको व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिई छिटोभन्दा छिटो साधन उपलब्ध गराउनुपर्ने स्थानीय नगरवासीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस