१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

अ+ अ-

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । तीन वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रमसमेत बनिसकेको कार्यकारी निर्देशक आचार्यले बताए ।

उनले भने “अस्पताल सञ्चालक समितिले निर्णय गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुग्नेछ ।” विगत केही वर्षयतादेखि क्यान्सर अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर नर्सिङमा स्नातक पढाइका लागि गृहकार्य गरिरहेको थियो ।

विद्यार्थीले क्यान्सर उपचार पद्दति सम्बन्धी ज्ञान पाउने भएकाले यहाँको क्यान्सर अस्पतालसँगै अन्य अस्पतालका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न सकिने कार्यकारी निर्देशक आचार्यले बताए । सुरुको समयमा ३० जना विद्यार्थीबाट पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ ।

अस्पतालका शैक्षिक कार्यक्रम विभाग प्रमुख डा शिवजी पौडेलले यसबाट उत्पादित जनशक्ति नेपालका लागि अत्यावश्यक देखिएकोले यो विषयको पढाइ सुरु गर्न लागिएको हो भन्दै एमडी र एमएस गरिसकेका चिकित्सकलागि अङकोलोजीमा ‘फेलोसिप’ कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको बताए ।

उपचारका लागि निकै जटिल र खर्चिलो रोगको रुपमा क्यान्सरलाई लिने गरिन्छ । पछिल्लो समय मानिसको खानपान, वातावरण प्रदूषणलगायतका कारण क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

एसियाकै नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको यो क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने उद्देश्यका साथ स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ कार्यक्रम अगाडि बढाउन लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. प्रकाश न्यौपानेले बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस