७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुईसय जनालाई चश्मा बनाउने तालिम

अ+ अ-

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ ।

परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स भरतपुर, पोखरा र लहानमा सो तालिम सुरु गरिएको हो ।

भरतपुर र पोखरामा दुई चरणमा गरेर ८०/८० जनालाई तालिम दिइँदै छ भने लहानमा ४० जनालाई तालिम दिइँदैछ । स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्राचार्य अच्युत दाहालका अनुसार जुनियर अप्टिकल डिस्पेन्सर तालिममा १० कक्षा उत्तीर्ण भएकालाई सहभागि गराइएको छ ।

तीन महिनाका लागि पाठ्यक्रम तयार गरी तालिम सुरु गरेको हो । तालिममा सहभागिलाई चिकित्सकको सिफारिसमा चश्मा बनाउन र मर्मत गर्न सिकाइन्छ । भरतपुर आँखा अस्पताल, पोखराको हिमालयन आँखा अस्पताल र लहानको सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरेर तालिम दिइएको हो । भरतपुरमा पहिलो समूहले तालिम लिइसकेका छन् भने दोस्रो समूहका लागि विद्यार्थी भर्ना आह्वान गरिएको छ । अन्य दुई स्थानमा पहिलो समूहलाई तालिम दिने काम भइरहेको छ ।

स्कुल अफ हेल्थ साइन्स भरतपुरका सहायक प्राचार्य रमण मेहताका अनुसार तालिम लिनेलाई दैनिक खाजा खर्च र आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ । रासस

प्रतिक्रिया दिनुहोस