९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं. २ मा निर्वाचन आचारसंहिता हटाउने आयोगको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले २ नं. प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ ।

दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमण लगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभए सम्मका लागि हटाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यही असार १४ गते निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा भने पूर्ववत् रुपमा आचारसंहिता कायम रहेको उहाँले बताए ।

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह

यसैगरी निर्वाचन आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक गतिविधि गर्दा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दलसँग आग्रह गरेको छ ।

राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनबाट विभिन्न राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएका आचारसंहिता उल्लङ्घनका जानकारी प्राप्त भएको जनाउँदै आयोगले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दललाई पुनः आग्रह गरेको हो ।

आयोगले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई बेग्लाबेग्लै पत्र पठाई त्यस्तो आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसैबीच, निर्वाचन आयोगले बाजुरा लगायतका जिल्लामा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गरेको विषयवस्तुका सम्बन्धमा के कसो भएको हो छानबिन गरी आवश्यक कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ आवश्यक पहलकदमी लिन सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस