६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शास्वतधाम धार्मिक धरोहर बन्नेः नेता पौडेल

अ+ अ-

नवलपरासी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी ग्रुपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेको दाबी गरेका छन् ।

चौधरी ग्रुपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शास्वतधामको सोमबार अवलोकनको क्रममा उहाँले यस्तो बताएका हुन् । शास्वतधामले समग्र नेपालको गौरव बढाएको दाबी गर्दै नेता पौडेलले यसको निर्माणले सनातन हिन्दूधर्मको रक्षा गर्ने समेत बताए ।

नेता पौडेलले भने “चौधरी गु्रपको अथक मेहनत र परिश्रमले गर्दा नेपालको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहज भएको छ, अब धार्मिक दृष्टिकोणका कारण पनि यो शास्वतधाम पनि नेपालको धार्मिक सम्पत्ति बन्नेछ ।”

शास्वतधाम परिसरमा रहेको धार्मिक सङ्ग्रहालय तथा चौधरी उद्योग ग्रामभित्र रहेको इतिहास सङ्ग्रहालयको अवलोकन गर्दै नेता पौडेलले नयाँ पुस्ता र सन्ततिलाई यो सङ्ग्रहालय धेरै महत्वपूर्ण रहने बताए ।

नेपालको ऐतिहासिक वस्तु र अवस्थाको स्मरण दिलाउने सङ्ग्रहालयले शास्वतधामको महिमा थप हुँदै जानेसमेत उनले बताएका छन् । धार्मिक अध्ययन गर्नेका लागि शास्वतधाम एक प्रमुख धरोहरको रुपमा रहेको उनले बताए ।

विनोद चौधरीको मेहनतको प्रशंसा गर्दै नेता पौडेलले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा चौधरी उद्योग ग्रामले अतुलनीय सहयोग गरेको बताए ।

अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा कमाउन सफल शास्वतधामको अवलोकन गर्न वरिष्ठ नेता पौडेलसहित १२ जनाको टोली चौधरी उद्योग ग्राममा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस