८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस बन्द गर्दा प्रदेश नं. २ का जनता आक्रोशित

अ+ अ-

धनुषा । संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको विरोध मधेसका आठ जिल्लामा मात्र सीमित भई अन्य तीनवटा प्रदेशमा निर्बाध रुपमा मतदान भइरहँदा धनुषासहित प्रदेश नं. २ का जनताले भने बन्दको मार खेप्नुपर्दा आक्रोशित भएका छन् ।

प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लामा मतदान भइरहँदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको थियो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनलाई मधेसका आठ जिल्लामा मात्र तेस्रो चरणमा सारिएको अवस्थामा राजपाले चुनाव नै नभइरहेको ठाउँमा औचित्यहीन रुपमा बन्द गर्दा स्थानीयवासीमा आक्रोश उत्पन्न भएको हो ।

राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले तेस्रो चरणमा निर्वाचन सारिए पनि समर्थनमै रहेका जनतालाई पटकपटक दुःख दिन बन्द आह्वान गरिने गरिएको आरोप सर्वसाधारणले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेर पोखेका छन् । सामाजिक सञ्जालमा अत्यधिक मात्रामा बन्दको औचित्य र आवश्यकता विषयमा राजपा नेतासँग प्रश्न गरिएको छ भने कतिपयले त आक्रोशित हुँदै राजपाका बन्दकर्तालाई गालीसमेत गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले एकातर्फ राजपा कार्यकर्ता स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिने र अर्कोतर्फ जनतालाई मूर्ख बनाउन बन्द आह्वान पनि गर्ने भनी आक्रोश पोखेका छन् । जनतालाई दुःख दिन अनाहक रुपमा बन्द आह्वान गरिएको आरोपसमेत उनीहरुलाई लगाइएको छ ।

राजपाले आह्वान गरेको बन्दले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा जनजीवन मात्र प्रभावित भएको छ । बन्द आह्वानकर्ताले बुधबार बिहानदेखि जनकपुरको प्रमुख प्रवेशद्वार रामानन्द चोकलगायत विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

हड्तालका कारण यस क्षेत्रको यातायात, करकारखाना, उद्योग र विद्यालय बन्द भएको र सरकारी कार्यालयमा पनि बन्दका कारण सेवाग्राहीको चाप कमै देखिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस