९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधसहित तीनजना पक्राउ

अ+ अ-

काठमाडौँ । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन– ९ का प्रदीप यादव रहेका छन् ।

महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागुऔषध लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा आउँदै गरेको ना ४ ख १९५१ नम्बरको बसबाट साह र रानालाई तथा ना ४ ख ७१९० नम्बरको बसबाट यादवलाई पक्राउ गरेको हो ।

साहको साथबाट ११४ एम्पुल फेनार्गन, ४६ एम्पुल डाइजेल्याब, रानाबाट एक हजार ४९८ थान नाइट्राजेपाम ट्याब्लेट र यादवबाट १९२ थान ट्रमाजोल ट्याब्लेट पक्राउ गरेको प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

प्रभागले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस