१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ खेलाडीलाई दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार

अ+ अ-

काठमाडौं । शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ ।

शहिद दशरथ चन्दको ११५ औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), त्रिपुरेश्वर हातामा रहेको शहिद चन्दको पूर्ण कद्को सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा क्षेत्रगत रुपमा ५ र पाराबाट २ खेलाडी नगदसहित सम्मानित भए । २०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई सम्मान गरिएको हो ।

पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए ।

पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथलेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएकोमा पहिलोपटक पारा विधामा खेलाडीलाई सम्मान गरेको हो ।

त्यस्तै मरणोपरान्त अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितलाई पनि सोही अवसरमा सम्मान गरियो । सञ्जयको असार ३ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण क्रममा ‘हाइ अल्टिच्युट’ का कारण निधन भएको थियो ।

सम्मानित सबैलाई जनही १० हजार र प्रशंसा पत्र प्रदान गरियो । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान), राखेपका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलाडीलाई सम्मान गरे ।

कार्यक्रममा प्रतिभा, सीता र विक्रम उपस्थित थिए । बाँकीको पुरस्कार आफन्त, प्रतिनिधि र नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीले बुझे ।

पुरस्कार वितरणअघि शहिद चन्दको सालिकमा पुष्पगुच्छा चढाईं श्रद्धाञ्जली अर्पण गरिएको थियो । ज्ञात–अज्ञात शहिदको सम्झनामा १ मिनेट मौन धारण पनि गरिएको थियो ।

कार्यक्रममा सदस्य–सचिव विष्टले दशरथ चन्द जस्तो महान शहिदको नामबाट स्थापित पुरस्कारबाट खेलाडी पुरस्कृत हुनु गर्वको विषय भएको बताउदै निजी क्षेत्रबाट खेलाडीलाई प्रोत्साहन गरेकोमा ट्रष्टको प्रशंसा गरे । उनले दशरथ चन्दलगायत अन्य शहिदका कारण आज आम नेपाली स्वतन्त्र भएको धारणा व्यक्त गर्दै शहिदको योगदानलाई कसैले बिर्सन नहुने बताए । उनले ट्रष्टलाई आगामी आर्थिक वर्षको बजेटमा १ लाख रुपैयाँको व्यवस्था गरिएको अवगत गराउदै आउदा दिनमा ट्रष्टले दिने पुरस्कार राशीमा समेत परिषद्को तर्फबाट रकम थप गरिदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस