९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना गर्न सकिदैन: प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिनाको प्रजातन्त्र कल्पना गर्न नसकिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको बिहिबार विमोचन गर्दै उनले भने– “प्रजातन्त्र भएन भने प्रेस स्वतन्त्रता पनि खतरामा पर्छ ।”

प्रधानमन्त्री देउवाले “नेपालको प्रजातन्त्र टिकाउने भनेकै प्रेस स्वतन्त्रताले हो, सरकारले प्रेस स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेको छ, जुन विश्वमै अग्रणी रहेको छ, अहिले प्रजातन्त्रलाई सुदृढ गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रेस जगतको महत्वपूर्ण योगदानको आवश्यकता छ भने ।”

भौगोलिक विविधता, विभिन्न जातजाती, भाषा र संस्कृति विशेषको मुलुक नेपालको राष्ट्रिय एकतालाई थप मजबुद बनाउन सञ्चार जगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं उनले प्रेस स्वतन्त्रताले सुनिश्चित गरेको अधिकारलाई पत्रकारले सत्यतथ्यरुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले “बाहिर आफ्ना विचार, भावना, आदर्शअनुसार लेख्न अभिव्यक्ति गर्न पाइन्छ तर समाचारका सम्बन्धमा चाहिँ त्यो सत्य कुरामा आधारित तथ्यपरक सामग्री पाठकलाई दिनुपर्छ” भन्दै “हिमाल, पहाड तराईका विभिन्न जातजातीका भावनालाई कदर गरी राष्ट्रिय एकता कायम गर्नेगरी सही सूचना सम्प्रेषण गर्नुपर्छ बताए ।”

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार र प्रेसबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै नागरिकको हकअधिकार सुनिश्चितताका लागि प्रेस निर्वादरुपमा स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले पत्रकार विष्टको यो पुस्तकले जङ्गबहादुर राणाको बेलायत भ्रमणबाट भित्रिएको गिद्धेप्रेसदेखि अहिलेको ‘डिजिटल मिडिया’ को युगलाई चित्रण गरेको छ भने ।

पुस्तकको समीक्षा गर्दै प्राध्यापक पी खरेलले लेखक विष्टको अनुसन्धानमूलक यो पुस्तकमा नेपालको इतिहासमा सञ्चारमाध्यमको विकासक्रमको अवस्था, के–कस्ता व्यवधान खडा भए त्यसलाई समेटेर सूचकाङ्क सशक्त ढङ्गले प्रस्तुत गरिएको बताए ।

आमसञ्चारका विद्यार्थी र अनुसन्धानकर्तालाई यो पुस्तक उपयोगी हुने बताउँदै उनले संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको हिसाबले नेपाल विश्वमै पहिलो भए पनि व्यावहारिक रुपमा अझै कार्यान्वयनमा आउन नसकेको र श्रमजीवी पत्रकारको अवस्था पनि नाजुक रहेको उल्लेख गरे ।

लेखक विष्टले पुस्तकमा नेपालमा प्रेस स्वतन्त्रता र पत्रकारिताको अवधारणा, विश्वव्यापी मान्यता र वर्तमान अवस्थाको साङ्गोपाङ्गो विश्लेषण गरिएको पनि प्राध्यापक खरेलले बताए ।

साङ्ग्रीला पुस्तकले प्रकाशन गरेको छ खण्डमा विभाजित सो पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपालमा प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विकास, कानुनी व्यवस्था र नियमन प्रणाली, नेपाली मिडियाको स्थिति, पत्रकार सुरक्षालगायत विषयलाई समेटिएको छ । जम्मा ३१५ पृष्ठको पुस्तकको मूल्य ४७५ छ । रासस

प्रतिक्रिया दिनुहोस