१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरिताले बाबुलाई कलेजो दिइन्, छोरीको कलेजोले नयाँ जीवन पाएँः महर्जन

अ+ अ-

भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी छिन् ।

आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पारेकी छिन् ।

कलेजो प्रत्यारोपणपछि हीराकाजीले भनिन्, “मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो, तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन्, त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसी भएर घर फर्कंदैछु ।”

वि.सं. २०७२ वैशाखको महाभूकम्पले घर चर्कायो, त्रास बढायो, त्यसपछि मदिरा पिउने बानी लागेकै कारण कलेजो खराब भएको बताउँदै उनी भन्छन्, “भूकम्पको डरले पिउने बानी लगायो, त्यसैले कलेजो सिध्यायो, अब कसैलाई रक्सी नखाने सल्लाह दिन्छु म ।”

डेढ वर्षअघि हीराकाजीलाई कलेजोसम्बन्धी रोग लागेको छ भनेर परिवारले थाहा पाएपछि उनको उपचार मनमोहन हृदयरोग केन्द्र, महाराजगञ्जमा भइरहेको थियो । त्यहाँका चिकित्सकहरुले कलेजो प्रत्यारोपणका लागि भारतमा जान सल्लाह दिए । तर भारतमा एक करोड ५० लाख लाग्ने बताएपछि मध्यमवर्गीय यो परिवारका लागि यति रकम जुटाउन सक्ने आँट नै भएन ।

त्यसैले परिवारले आशा मारिसकेको थियो । उपचारमा भौँतारिने क्रममा निदान अस्पताल, ललितपुर पुगियो, त्यहाँ हीराकाजीको परिवारको भेट कलेजो विशेषज्ञ डा. दीपेश गुरुवाचार्य र डा. पुकारचन्द्र श्रेष्ठसँग भयो, त्यसपछि सुरु भयो मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा दोस्रो कलेजो प्रत्यारोपण, जसका कारण महर्जनले नयाँ जीवन पाए ।

छोरी सरिताले भनिन्, “बुबालाई बचाउने ठूलो इच्छा थियो, भारतमा साढे एक करोड लाग्ने भनिएपछि आशा मारेपनि यहाँ करिब २० लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने कुरा भएपछि बुबालाई बचाउन मैले आफैँ कलेजो दिने निर्णय गरेँ ।”

महर्जनको परिवारमा छोरा छैनन्, चारवटी छोरीमध्ये दुईवटीको विवाह भइसक्यो । हीराकाजीले चलाउँदै आएको नेवारी खाजा घर पनि बिरामी परेपछि बन्द भयो, छोरीले चलाउँदै आएको बुटिक पनि महिनौँदेखि बन्द छ, घरमा कमाउने कोही छैन । छोरी सरितालाई चिन्ता छ त अब आमाको ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि विगत दुई वर्षदेखि हीराकाजीकी श्रीमती ५२ वर्षीया मञ्जुको मिर्गौलाको डायलाइसिस हुँदै आएको छ, अब उनको मिर्गौला प्रत्यारोपण गर्ने अर्को समस्या छोरीको सामु छ ।

सरिता भन्छिन्, “बुबालाई त बचायौँ, अब आमाको चिन्ता छ, आमाका लागि मिर्गौलाको खोजी गर्दैछौँ, घरमा कमाउने कोही नहुँदा आर्थिक समस्या चुलिएको छ, बुबालाई नियमित औषधि खुवाउन र आमाको मिर्गौला प्रत्यारोपण कसरी गर्नु भन्ने चिन्ताले सताइरहन्छ ।”

कलेजो प्रत्यारोपणमा संलग्न डा. दीपेश गुरुवाचार्य सरिताको मानसिक शक्ति र परिवार प्रतिको मायाका कारण हीराकाजीले दोस्रो जीवन पाएको बताए ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेपाल मै पहिलो पटक गत मङ्सिर २२ गते शुरु भएको कलेजो प्रत्यारोपण अहिले दोस्रो पटक सफल भएको बताउछन् । कलेजो प्रत्यारोपणका लागि विदेशमा एक करोडदेखि एक करोड ५० लाख रुपैयाँसम्म लाग्ने भए पनि नेपालमा भने केन्द्रले २० लाख देखि २५ लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गर्न सफल भएको उनी बताउछन् ।

डा. श्रेष्ठ भन्छन्, “विश्वमै जटिल मानिने कलेजो प्रत्यारोपण केन्द्रले सफलतापूर्वक दोस्रोपटक सम्पन्न गरेको छ, अब केन्द्रले प्रत्येक महिना कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ, यसका लागि तत्काल दुईजना बिरामी तयारी अवस्थामा छन् ।”

भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएको चिकित्सकको टोली र नेपालका डा. पुकारचन्द्र श्रेष्ठ, डा. छेतेन शेर्पा, डा. मोहनदेव भण्डारी, डा. प्रवीण जोशी, डा. दीपेश गुरुवाचार्य, डा. सम्पूर्णमान तुलाधर, डा. सुवास आचार्य, डा. आरती राई लगायतको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि, गत मङ्सिर २२ गते दक्षिण कोरियाको सिउलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका विशेषज्ञहरूको टोली र नेपालको चिकित्सक टोलीले भक्तपुरको सूर्यविनायकका ३६ वर्षीय बलराम नागाको नेपालमै पहिलोपटक सफलरुपमा कलेजो प्रत्यारोपण गरेको थियो ।

कार्यक्रममा सांसदद्वय प्रेम सुवाल, रामेश्वर ढुङ्गेल तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले पुर्याएको सेवाको प्रशंसा गर्दै यसको विकास र विस्तारका लागि आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस