१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा बिरामी बढे, सफा पानी पिउन आग्रह

अ+ अ-

नुवाकोट । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको त्रिशूली जिल्ला अस्पतालका डा. राजेन्द्र लामाले बताए । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा १०५ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको उनले बताए । अस्पतालमा दैनिक १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा अधिकांश बिरामी ज्वरोको हुने गरेको डा. लामाले बताए । झोलिलो खानेकुरा खान, कडा परिश्रम नगर्न, खानपान र व्यायाममा ध्यान दिन बिरामीलाई सल्लाह दिँदै आएको उनले बताए ।

विशेषगरी नुवाकोट सदरमुकामसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन् । डा. लामाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा गरेको नमूना परीक्षणमा पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गरे ।

रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेको खानेपानीको परीक्षणमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस