९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनबाहेक अन्य माग पूरा गर्न सरकार प्रतिबद्ध

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम संविधान संशोधन प्रस्ताव तत्काल पारित हुने अवस्था नरहेकाले त्यस बाहेकका अन्य माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको बैठक संविधान संशोधनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकेन ।

बैठकमा सत्ता पक्षले आवश्यक दुई तिहाई बहुमतको अभावमा तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेपनि यसबारे छलफल जारी राख्ने राजपा नेपाललाई जानकारी गराएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले संशोधन बाहेक मधेसका आन्दोलनकारीका मुद्दा फिर्ता लिने, सख्त घाइते तथा गम्भीर अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहको प्रबन्ध गर्ने, स्थानीय तहको सङ्ख्या थप गर्न आदि माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको बताए । संविधान संशोधनका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउन नसकेको भन्दै उनले यथास्थितिमा निर्वाचनमा जाने बारेमा सोच्न नसकिने बताए । प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गतेका लागि तय भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत थिए । त्यस्तै, राजपाबाट नेता ठाकुर, महतो, अनिल झा लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस