१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब निर्वाचनमा केन्द्रित हुनुपर्छः अध्यक्ष केसी

अ+ अ-

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनभन्दा पहिले तीन चरणका निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

प्रगतिशिल पत्रकार सङ्घ, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनप्रतिनिधिको अधिकार खोस्ने, हिन्दी भाषालाई कामकाजी भाषा बनाउने षडयन्त्रसहितको संविधान संशोधन जनताको पक्षमा नभएको बताए ।

उनले छिमेकीलाई मान्य हुने गरी संविधान संशोधन गर्ने षडयन्त्रसमेत भएको बताए । संविधान सबैलाई मान्य गराउने नाममा संशोधनको बहाना बनाइएको भन्दै संविधान सबैलाई मान्य हुन्छ भन्ने तर्क अवैज्ञानिक भएको उनको भनाइ छ ।

उनले गणतन्त्र संस्थागत गर्न र संविधानको कार्यान्वयन गर्ने दायित्व जननिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताए । ठूला दलका ठूला नेताहरु जसरी पनि सत्तामा बस्ने दाउमा रहेको भन्दै उनले संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्ने दायित्व जनप्रतिनिधिको काँधमा आएको बताए ।

अहिले संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयन गर्नु पहिलो आवश्यकता रहेको उल्लेख गर्दै सत्तामा बस्नेले संविधान कार्यान्वयनको बहानामा सत्ताको बसाइ लम्व्याउन चाहेको उनको भनाइ थियो ।

केसीले अहिलेको संसद् कामचलाउ संसद् भएको भन्दै यसलाई संविधान संशोधन गर्ने अधिकार नभएको स्पष्ट पारे । २ नं. प्रदेशबाहेकका क्षेत्रमा स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि अझै दुईवटा निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयनको चरणमा पुग्ने भन्दै उनले बाँकी रहेका निर्वाचन पनि समयमा सम्पन्न गर्नुपर्ने बताए ।

उनले केही पार्टीले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने साटो स्थानीय तहलाई दिइएको अधिकार पनि खोस्ने दाउमा लागेको आरोप लगाए । उनले ‘थ्रेसहोल्ड’ लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म पनि जान नदिने षडयन्त्र भइरहेको पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस