१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय सार्वजनिक भएको थियो । उक्त कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो ।

राष्ट्रपतिका जेठा छोराले आफूले गरेको कुराकानी, इमेल र भेटसम्बन्धी समाचार स्वीकार गरेका छन् । उनले यस विषयमा आफू स्पष्ट रहेको र राष्ट्रपतिमा आफ्नो बुबालाई विजयी गराउनका लागि आफूले कुराकानी गरेको हो भनेका छन् ।

तर त्यस समयमा आफूले उक्त कुराकानीको बारेमा भने आफ्नो बुबालाई जानकारी नदिएको पनि उनले जनाएका छन् । यसै बिषयमा थप बुझ्न भन्दै अमेरिकी सिनेट कमिटीले उनलाई र सो निर्वाचनको समयमा ट्रम्पका प्रमुख निर्वाचन अभियन्तालाई कमिटीमा बोलाएको छ ।

उनको सो कुराकानीका बारेमा ‘पोलिटिको कन्सल्ट’ नामक एक संस्थाले सो गरेको सर्वेक्षणमा संलग्न मध्येका अधिकांशले उक्त कार्य गलत भएको प्रतिक्रिया दिएका हुन् ।

उक्त सर्वेक्षणमा संलग्न अमेरिकी नागरिकमध्येका ५२ प्रतिशतले सो कार्य गलत भएको बताएका छन् । त्यसैगरी अर्वेक्षणमा संलग्न मध्येका २३ प्रतिशतले मात्र उक्त कार्यलाई सही भनेका छन् ।

त्यस्तै उक्त सर्वेक्षणमा संलग्न मध्येका २५ प्रतिशतले आपूmहरुले सो विषयमा कुनै टिप्पणी नै नगर्ने भनी प्रतिक्रिया दिएका थिए । यस विषयमा रिपब्लिकन पार्टीका सदस्यहरुलाई बढी असर गरेको देखिएको छ ।

रिपब्लिकन पार्टीका सदस्यहरुमध्ये ४४ प्रतिशतले रुसी वकिलसँग गरेको सो कुराकानी कुनै ठूलो मुद्धा नभएको भनी सहज प्रतिक्रिया दिएका बताइएको छ । उनीहरुले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सो समाचारपछि फेरि अमेरिकामा अर्को काण्ड पनि सार्वजनिक भएको छ । यसै महिनामा जर्मनीको ह्याम्बर्गमा भएको जि- २० को सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लै र गोप्य तवरबाट भेट गरेको भनी अर्को काण्ड पनि हालै सार्वजनिक भएको थियो ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँबीचमात्र तर छोटोवार्ता भएको बताएको छ ।

तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई एकजना दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको समाचार बाहिर आएपछि निकै विवाद ल्याएको छ । सो भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका पत्रिकाले जनाएका थिए ।

राष्ट्रपति ट्रम्पले पनि यस वार्ता मिडियामा आएजस्तो गम्भीर प्रकृतिको नभएर सामान्य र खाना खानेबेलामा गरिएको सामान्य कुराकानी हो भनेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस