८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशमै राम्रो उपचार सेवा दिन प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।

नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए ।

नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको वीर अस्पतालले सोअनुरुपको सेवा र सुविधा प्रदान गर्न अहम् भूमिका खेल्नुपर्ने धारणा प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

उनले भने– ‘‘स्थापनाकालदेखि वीरले बिरामीको स्वास्थ्य उपचारमा दिएको योगदान प्रशंसायोग्य छ, चिकित्सकीय जनशक्ति उत्पादन गरी देशका कुनाकाप्चामा उपचार सेवा दिएको छ, सबैलाई स्वदेशकै उपचार राम्रो हुन्छ भन्ने विश्वास बढाउन यस अस्पतालले भूमिका खेल्नेछ भन्ने आशा लिएको छु ।’’

प्रधानमन्त्री देउवाले सरकारले अस्पताललाई विशेषज्ञ केन्द्रका रूपमा विकास गरी अझ विश्वासिलो बनाउन पर्याप्त बजेटसहित अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशभरका जनताको विश्वासिलो अस्पताल भएकाले संविधानमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने बताए ।

वर्तमान चुनौतीलाई सामना गर्दै भोलिका लागि काम गर्नुपर्ने भन्दै उनले भने– ‘‘भूकम्पपछि पुनःनिमार्णलाई अघि बढाउँदै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवाको गुणस्तरीय वृद्धिका लागि चाहिने अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्ने काम प्राथमिकतामा छ ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीरमा भन्दा राम्रो जनशक्ति अन्य अस्पतालमा नभएकाले यहाँको उपचार उत्कृष्ट हुनुपर्ने बताए ।

अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्र बस्नेतले ऐतिहासिक अस्पतालका रुपमा रहेको वीर अस्पतालले गरिब असहाय, निमुखा, मध्यम एवं अति विशिष्ट व्यक्तित्वलाई गुणस्तरीय र विशेषज्ञ सेवा दिँदै आएको उल्लेख गरे ।

उनले पहिले कर्मचारी आवास र नर्सिङ क्याम्पस रहेको भवन भत्काई सो १७ रोपनी जग्गामा अत्याधुनिक नयाँ साततले सर्जिकल भवन बनाउने कार्य अगाडि बढाइएको बताए ।

वि.सं. १९४७ साउन १२ गते १५ शय्याबाट सञ्चालनमा ल्याएको वीर अस्पताल हाल ४६० शय्यामा विस्तार भएको पूर्ण सरकारी स्वामित्वको अस्पताल हो । रासस

प्रतिक्रिया दिनुहोस