काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
आयोगका सचिव वेद भट्टराईले आज विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्नुभएका प्रा. डा. केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न माग उहाँसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि तत्कालै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
प्रा. डा. केसी यही साउन ९ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बसेका छन् । लगातारको अनशनले उनको स्वास्थ्य बिग्रदै गइरहेको छ । रासस