१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेबलटेनिस प्रतियोगितामा पुरुषोत्तम च्याम्पियन

अ+ अ-

काठमाडौं । नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

एपीएफका पुरुषोत्तमले फाइनलमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिस पुरुष सिंगल्स १६ वर्षको कलिलो उमेरमा राष्ट्रिय च्याम्पियन बन्दै सनसनी मच्चाएका नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठलाई ‘बेस्ट अफ सेभेन’ को फाइनलमा ७–११, ११–९, १०–१२, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । एपीएफका अमरलाल मल्ल र पूर्व राष्ट्रिय च्याम्पियन प्रहरीका दीप साउनले तेश्रो स्थानमा चित्त बुझाए । यसअघि सोही स्पर्धाको महिलामा ६ पटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठ पहिलो, सीसीआससीकी सोनु थापा मगर दोश्रो तथा त्रिभूवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङ तेश्रो भएका थिए । दुवै समूहमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजारका दरले नगद पुरस्कार पाए ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा पन्नाकाजी शाक्यले फाइनलमा शम्भु बाँस्तोलालाई ३–० को सोझो सेटमा हराउदै पहिलो भए । ६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा गोवद्र्धन श्रेष्ठलाई २–० को सीधा सेटमा पाखा लगाए । ४० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा उमेश मानन्धरले राजेन्द्र वज्राचार्यलाई ३–२ ले हराउदै पहिलो भए ।

बहिरातर्फ पुरुष सिंगल्स फाइनलमा भरत रोकायाले सन्जित श्रेष्ठलाई २–१ ले पाखा लगाए । पुरुष व्ह्ीलचेयर सिंगल्समा केशव थापाले डिगमसिंह चेम्जोङलाई ४–२ ले पराजित गर्दै स्वर्ण जिते ।

शारीरिक अपाङ्गको ब्वाइज ‘स्टेन्डिङ’ मा नवराज सोतीले दीपक नकललाई ३–१ ले पराजित गर्दै स्वर्ण हात पारे । सोही स्पर्धाको गल्र्समा निरुता मगर पहिलो भइन् । निरुताले फाइनलमा आशा हमालको चुनौती ३–१ ले समाप्त पारिन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, स्व. पूर्णमानका छोरा एवं सागका रजत विजेता धर्ममानलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघले आयोजना गरेको पाँचदिने प्रतियोगिताअन्तर्गत खुला, कलेज, स्कुल, खेलकुद पत्रकार, दृष्टिविहीन, शारीरिक अपाङ्ग तथा भेट्रानतर्फ विभिन्न २५ स्पर्धामा २ सय ६० खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस