९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुममा एक सातादेखि विद्युत् सेवा बन्द

अ+ अ-

रुकुम । जिल्लाको सदरमुकामसहित मुसिकोट नगरपालिकामा सञ्चालित विद्युत् सेवा एक सातादेखि बन्द भएको छ ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत् योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत आइतबारदेखि विद्युत् सेवा बन्द भएको हो ।

विद्युत् सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ । विद्युत् नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिए ।

विद्युत् सेवा बन्द भएपछि जिल्ला सदरमुकामलगायत सिम्रुतु, वाँफिकोट, छिवांग, मग्मा बाँफिकोट, दुली, झुलालगायतका बासिन्दालाई दैनिक कामकाजमा समस्या भएको छ । विद्युत् सेवा बन्द भएका कारण जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणसमेत नियमित हुन सकेका छैनन् ।

विद्युत् मर्मत भइरहेकाले केही दिनपछि मात्र नियमित हुने विद्युत् प्राधिकरणका कर्मचारी रामबहादुर केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस